नियम २०५
बेरुजु फछ्र्यौटको कारबाही गरी जवाफ दिने
(१) आन्तरिक लेखापरीक्षण वा अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुको सम्बन्धमा सम्बन्धित लेखापरीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयबाट पत्र लेखी आएपछि सो पत्रमा म्याद तोकिएको भए सो म्यादभित्र र नतोकिएकोमा पैंतीस दिनभित्र नियमित गर्नु पर्ने भए नियमित गरी आवश्यक प्रमाण पेश गर्नु पर्ने भए सो पेश गरी वा गराई वा असुल उपर गर्नु पर्ने भए असुल उपर गरी वा जवाफबाट स्पष्ट गर्नु पर्ने भए स्पष्ट जवाफ दिई बेरुजु फछ्र्यौट गर्नु पर्नेछ र त्यसको जवाफ लेखापरीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयलाई तोकिएको म्यादभित्र दिनु पर्नेछ  (२) उपनियम (१) बमोजिम बेरुजु फछ्र्यौट गर्न नभ्याएमा बेरुजु पत्र लेख्ने लेखापरीक्षक कहा“ कारण सहित म्याद माग्नु पर्नेछ र निजले थप गरी दिएको म्यादभित्र कार्य सम्पादन गरी बेरुजु फछ्र्यौट गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम भएको कारबाही तथा दिएको जवाफको जानकारीको एक प्रति अख्तियारी दिने कार्यालयलाई समेत दिनु पर्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिम बेरुजु फछ्र्यौटको कारबाही नगरेमा, जवाफ नदिएमा वा सोधिएको प्रश्नमा वस्तुनिष्ट जवाफ नभएमा त्यस्तो कर्मचारीलाई सम्बन्धित स्थानीय निकायले जरिवाना वा विभागीय कारबाहीका लागि सिफारिस वा दुवै गर्न सक्नेछ ।